दसैंका लागि बससेवा डटकममा खुल्यो अग्रिम टिकट बुकिङ


 


काठमाडौं, असोज २१ । दशैंका लागि बससेवा डटकममा अग्रिम टिकट बुकिङ खुला भएको छ।

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्।

साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ। बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्।

बससेवामार्फत् अहिले दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले जानकारी दिए।

बससेवाले बससेवामार्फत् टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्वजनिक गरेको छ।

बससेवाले यात्रुहरूलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको जनाएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्