Deshko News
१४ मंसिर २०८०, बिहिबार

एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिमा नेतृत्व छान्ने प्रयास


 


धनगढी, असोज २२ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व छान्न सहमतिको प्रयास थालिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।

ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् । ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहसहित नेताहरुलाई सँगै राखेर सहमति गर्न सुझाएका थिए ।

तीन जना आकांक्षीमध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको बाइएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्