सुदूरपश्चिम सरकारले इजरायलमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई/दुई लाख रूपैयाँ दिने


 


धनगढी, असोज २२ । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका सात जनाका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै इजरायलमा विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको हो ।

प्रदेश सरकारले इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध पनि गरेको छ ।

इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका छन् ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्