अमेरिकाले इजरायललाई पठायो विमानवाहक पोत र जेटहरू

एजेन्सी । हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायललाईसहयोग गर्न पूर्वी भूमध्यसागर हुँदै विमानवाहक पोत र जेटहरू पठाएको जनाएको छ ।
अमेरिकाले इजरायललाई थप उपकरण र गोलाबारुद उपलब्ध गराउने पनि बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार युएसएस जेराल्ड आर. एउटा फोर्ड विमान वाहक, एउटा क्षेप्यास्त्र क्रुजरलगायत इजराय पठाइएको छ । उनले अमेरिकी लडाकु विमान पनि पठाइने बताएका छन् ।
ह्वाइट हाउसले आगामी दिनमा इजरायललाई थप सैन्य सहायता पठाइने बताएको छ । इजरायलले अहिलेसम्म ७०० जनाको ज्यान गएको र १०० भन्दा बढी मानिसलाई बन्धक बनाएको जनाएको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार