इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा
काठमाडौं, असोज २२ । इजरायलमा भएको आतंकवादी ज्यान गुमाएको १० जना नेपालीहरुको शोकमा सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने पनि बैठकले गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार