आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै


 


काठमाडौं, असोज २३ । नेपालमा पनि आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस मनाउने गरिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

मानिस र समुदायका लागि मानसिक स्वास्थ्य सबैको अधिकार यो वर्षको नारा तय गरीएको छ ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझाले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवद्धन गर्न यो दिवस मनाइने गरिएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्