कञ्चनपुरका विपिन अझै सम्पर्कविहीन

काठमाडौं, असोज २३ । इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणपछि पनि साथीको सम्पर्कमा आएका कञ्चनपुरका विपिन जोशी अझै सम्पर्कविहीन छन्।
भीमदत्त नगरपालिका–३ का किशोरराज जोशीसंग शनिबार दिउँसो कुराकानी गरेका विपिन त्यसपछि भने सम्पर्कविहीन रहेका हुन्।
इजरायलको दक्षिणी क्षेत्रमा आक्रमणपछि नै विपिनले किशोरसँग ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए। विपिनले पछि कुरा गरौंला भनेपनि साँझ उनी सम्पर्कमा नआएको किशोरको भनाई छ ।
विपिन गत २६ भदौमा इजरायल गएका थिए। उनी त्यहाँ एउटा कृषि फर्ममा काम गर्दै आएका थिए। इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन्।
किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि पनि विपिन साथीहरुको सम्पर्कमा आएका थिए।
प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार