Deshko News
१२ मंसिर २०८०, मंगलबार

हजुरआमाको हत्या गरेर फरार अभियुक्त १९ वर्षपछि पक्राउ


 


चितवन, असोज २३ । नाताले हजुरआमा पर्ने भरतपुर महानगरपालिका वडा नं. ७ की मनकुमारी वाग्लेको हत्या गरेर १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६१ मंसिर १४ गते हजुरआमाको घरमा बस्न आएका भरतपुर महानगरपालिका वडा नं. २८ का हाल ४३ वर्षीय तोयनाथ वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ को एक मन्दिरबाट जोगीको भेष धारण गरेर बसिरहेको बेला अवस्थामा सोमवार इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनले टोलीले पक्राउ गरेको हो ।

वाग्ले २४ वर्षको हुँदा हजुर आमाको हत्या गरेका थिए । राति सुतेको बेलामा चापागाईंले बाग्लेको टाउकोमा बासको लौरो र ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि उनले लगाएका गरगहना लुटेर ढोका साँचो लगाई फरार भएका थिए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्