Deshko News
१२ मंसिर २०८०, मंगलबार

अफगानिस्तानमा पुनः अर्काे भूकम्प


 


एजेन्सी । अफगानिस्तानमा आज बिहान पुनः ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

अघिल्लो भूकम्पकै संकटसँग जुधिरहेका बेला अफगानिस्तानमा बुधबार फेरि भूकम्प गएको हो । भूकम्पमा परी १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

यसअघि गत शनिबार गएको भूकम्पमा परी २४ सय बढी मानिसको ज्यान गएको थियो ।

हेरात राज्यको राजधानी हेरात नजिक आएको भूकम्पले नजिकका जिल्लामा ठूलो क्षति पुर्याएको बताइएको छ ।

भूकम्पपछि आएको पहिरोले हेरात–टोरघुन्डी राजमार्ग अवरुद्ध गरेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्