Deshko News
१४ मंसिर २०८०, बिहिबार

एमाले जुम्लाका उपाध्यक्षविरुद्ध बालयौन दुर्व्यवहारको आरोप


 


सुर्खेत, असोज २४ । नेकपा एमाले जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप जाहेरी दर्ता भएको छ ।

शाहीले तातोपानीकी एक १७ वर्षीया किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीविरुद्ध मंगलबार जुम्ला प्रहरीमा जाहेरी दर्ता भएको हो ।

पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् ।

अडियोमा शाहीले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्