जसपाले कोशी प्रदेश समिति मातहतका चारवटा समितिमा इन्चार्ज तोक्यो


 


काठमाडौं, असोज २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश समिति मातहतका चारवटा राष्ट्रिय समितिमा इन्चार्ज तोकेको छ ।

जसपाले कोशी प्रदेश समिति मातहतका लिम्बुवान, किराँत, मधेस र शेर्पालुङ राष्ट्रिय समितिमा इन्चार्ज तोकेको हो ।

लिम्बुवानमा केन्द्रीय उपाध्यक्ष प्रेम वनेम, किराँतमा उपाध्यक्ष दिपेश राई, मधेशमा सचिव अनिल ठाकुर र शेर्पालुङमा प्रदेश सदस्य आङछेपाल शेर्पालाई इन्चार्ज तोक्ने निर्णय गरिएको प्रदेशका अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

तीन महिने पार्टी संगठन सुदृढीकरण अभियान सफल बनाउन समितिमा इन्चार्ज तोकिएको याक्खाले बताए ।

जसपा विधानको धारा ४४ को ३ अन्तर्गत प्रदेशभित्रका राष्ट्रिय समितिहरुको परिचालन गर्ने अधिकार प्रदेश समितिलाई दिइएको छ ।

त्यस्तै विधानको धारा ९९ को उपदफा ५ को (क) मा पार्टी समितिहरुले मातहतका समिति तथा जनवर्गीय संगठनहरुमा इन्चार्ज र सहइन्चार्ज खटाउने उल्लेख छ ।

यस्तै सो बैठकले इटहरीस्थित जसपा प्रदेश पार्टी कार्यालयको सचिवमा फिपराज बेघालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्