एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं, असोज २४ । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए ।
यसअघि कार्यालय सचिवको जिम्मेवारीमा उप–महासचिव गगांलाल तुलाधर रहेका थिए । तुलाधरलाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार