सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरहरुको स्वागत

काठमाडौं, असोज २५ । सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्दि«य कार्यालय बालुवाटारमा स्वागत गरेको छ ।
‘स्टप सेक्सुअल भ्वाइलेन्स’ भन्ने नारासहित जनचेतना फैलाउने उद्देश्यका साथ नेपाल आएका महिला राइडरद्वय स्वाती आर र अनिता एमलाई बैंकले मंगलबार कार्यालयमा स्वागत गरेको हो ।
सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादले महिला बाइक राइडरहरुलाई एक कार्यक्रमकाबीच स्वागत गर्दै शुभकामना दिए ।
‘स्टप सेक्सुअल भ्वाइलेन्स’ भन्ने नारासहित हिँडेका बाइक राइडरहरुको यो अभियानले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बंैकले लिएको छ ।
बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आइरहेको बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बताए ।
प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार