Deshko News
१३ मंसिर २०८०, बुधबार

एमाले मधेसको अध्यक्षमा चार जना आकांक्षी, कसलाई कुन नेताको समर्थन ?


 


काठमाडौं, असोज २५ । एमाले मधेश प्रदेशको अध्यक्षमा चार जना अकांंक्षी देखिएका छन् ।

अधिवेशनमा प्रदेश अध्यक्षमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल र बिचारी यादवसँगै धनुषाका राजकिशोर यादवले आकांक्षा राखेका छन्।

अध्यक्ष मण्डलले प्रदेश पदाधिकारी पनि सहमतिमै टुंग्याउने प्रयास गरिरहेको छ।

बुधबार उद्घाटन सत्र सकिएलगत्तै पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष योगेश भट्टराईलगायत नेता बसेर सहमति खोज्ने प्रयास गरेका थिए। तर, अध्यक्षका आकांक्षीले पछि हट्ने मनस्थिति देखाएका छैनन्।

जनकपुरको तिरुहुतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा चलिरहेको बन्दसत्रमा जिल्ला–जिल्लाबाट सर्वसम्मत रूपमा सदस्य छान्न छलफल भइरहेको केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।

पार्टी सचिव तथा कोशी इन्चार्ज रघुवीर महासेठले सर्लाहीका राजनारायण साह अघि सारेका छन्। पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले चन्देश्वर मण्डललाई अघि सारेका छन्। त्यसमा मधेस इन्चार्ज भट्टराईको पनि समर्थन रहेको नेताहरूले दाबी गरेका छन्।

मधेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य सरोज यादवले धनुषाका लक्ष्मीनारायण यादवलाई अघि सारेका छन्।

पर्साका बिचारी यादव र धनुषाका राजकिशोर यादवले पनि अध्यक्षमा आकांक्षा राखेका छन्। अन्तिममा सिराहाका चन्देश्वर र सर्लाहीका राजनारायणबीच नै प्रतिस्पर्धा हुने बताइन्छ ।

प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना प्रदेश कमिटीमा निर्वाचित हुने छन्। प्रदेश कमिटीमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाति र खुला भूगोलबाट प्रतिनिधित्व गरिने भएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्