Deshko News
१५ मंसिर २०८०, शुक्रबार

कोशीको मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनबाट दुई सांसद पुगे प्रदेश प्रमुख कार्यालय


 


काठमाडौं, असोज २५ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न सत्ता गठबन्धन दलबाट नै दुई सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् ।

मुख्यमन्त्रीमा दाबी गर्न नेपाली कांग्रेसका सांसद केदार कार्की र माओबादी केन्द्रबाट संसदीय दल नेता इन्द्र आङ्बो प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।

कांग्रेसका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। कार्कीसहित कांग्रेसका केही सांसदहरू प्रदेश प्रमुखलाई भेट्न गएका छन्।

कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले आफूलाई ४० जना सांसद भएको नेकपा एमालेको पनि साथ रहेको दाबी गरेका छन्। कार्की कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्।

सत्ता गठबन्धनभित्र कोशी मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो। तर नेता कोइराला पक्षका सांसदहरूले कार्कीलाई नै मुख्यमन्त्री बनाउने अडान लिइरहेका छन्।

नेपाली कांग्रेससहित संघीय सरकारमा रहेका गठबन्धन दलहरूले आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बिहीबार बालुवाटारमा सहमति गरेका थिए।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्