Deshko News
१५ मंसिर २०८०, शुक्रबार

प्यालेस्टाइनलाई जोर्डनकाे सहयोग


 


एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् ।

उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजामा बिग्रँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा ‘स्ट्रिप’मा स्वास्थ्य र राहत एवं पानी आपूर्ति सुनिश्चित गर्न मानवीय ‘करिडोर’हरू तत्काल खोल्न आग्रह गरे ।

दुवै नेताले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्र सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे । स्थितिलाई थप बिग्रन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्त्वलाई उनीहरूले जोड दिए ।

जोर्डनका राजाले प्यालेस्टाइनलाई आफूहरूले सहयोग गर्ने र गाजापट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्‍याउने वाचा गरे ।

बिहीबारै जोर्डनले गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्