Deshko News
१४ मंसिर २०८०, बिहिबार

काेशी : हस्ताक्षर दुरूपयोग भएको भन्दै प्रदेश प्रमुखलाई कांग्रेसका ८ सांसदकाे निवेदन


 


विराटनगर, असोज २६ । कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ सांसदले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन दिएका छन्।

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको तर्फबाट कोशीको मुख्यमन्त्रीमा दाबी गर्दा आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको भन्दै प्रदेश प्रमुखलाई निवेदन दिएका हुन्।

यी ८ जना सांसदहरूमध्ये केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कार्कीलाई नेकपा (एमाले) का ३९ जना सांसदले समर्थन गरेका छन्।

निवेदन दिनेमा कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरूङ छन्।

एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाको हस्ताक्षरसहित कार्कीले बिहीबार प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोले पनि आफ्नो दाबीमा कांग्रेसका ती ८ जना सांसदसहित ४७ सांसदको हस्ताक्षर समावेश गरेका छन्।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्