एमाले मधेस प्रदेशको अध्यक्षमा मण्डलसहित पदाधिकारी सर्वसम्मत

काठमाडौं, असोज २६ । नेकपा (एमाले) मधेस प्रदेशको अध्यक्षसहित पदाधिकारी पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
सिराहाका चन्देश्वर मण्डलको अध्यक्षतामा पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए।
उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्।
एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।
यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो ।
लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा भने चुनावबाट नेतृत्व छानिएको थियो।
प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार