Deshko News
१२ मंसिर २०८०, मंगलबार

सिंहदरबार अगाडिबाट कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ


 


काठमाडौं, असोज २६ । सिंहदरबार अगाडि प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मी पक्राउ परेका छन् ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राख्दै प्रदर्शन उत्रिएका उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ हो ।

समाजले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने फागुन १ गते बिदा दिने निर्णय खारेज हुनु पर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नु पर्नेलगायतका माग गर्दै पर्दशनमा उत्रिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रीत रहि सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको समाजले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्