भोकमरी सूचीमा नेपालको अवस्था सुधारोन्मुख, भारत नेपाल भन्दा पछि


 


काठमाडौं, असोज २६ । ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा अनुसार नेपालको अवस्था सुधारोन्मुख अवस्थामा देखिएको छ ।

ग्लोबल हंगर इन्डेक्सको १६ औं संकरणको यो नतिजा अनुसार दक्षिण सियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको हो ।

सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ ।

दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।

विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल यसअघि ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो ।

यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ । यो सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार छिमेकी मुलुकहरु भन्दा आफ्नो स्थिति खराब देखिएसँगै यो प्रतिवेदनमाथि नै भारतले विरोध जनाएको छ । उसले यो प्रतिवेदन अमान्य भएको बताएको हो ।

ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् ।

यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्