झाँक्रीकाे प्रष्टीकरण– पार्टीमा निस्कृत भएकाे छैन

धनगढी, असोज २६ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले पार्टीमा निष्क्रिय नरहेको बताएकी छन् ।
पार्टीको मेची महाकाली समाजवादी जागरण अभियानका क्रममा धनगढी आइपुगेकी झाँक्रीले आज (शुक्रवार) धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।
आफू पार्टीमा निस्कृत भएको भन्ने हल्ला मात्रै भएको भन्दै उनले अहिले पार्टीले चलाएको अभियानमा पनि सक्रिए भएर लागेको बताइन् ।
‘अहिले पार्टीले पहिलोपटक अभियान चलाएको । निष्क्रिय भएको भन्ने कुरा मिथ्या हो, काकडभिट्टाबाटै अभियानमै छु ।’
उनले यसअघि पार्टी निर्माण, सञ्चालन, संगठन निर्माणलगायतका कुरामा केही समस्याहरु रहेको र ती कुराहरुले आफूले केन्द्रीय समितिमा राखिसकेको बताइन् ।
झाँक्रीलाई पार्टी निस्कृय भएको र एमाले फर्किन लागेको भन्ने हल्ला बाहिर आएको थियो ।
प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार