कोशीमा कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन निर्देशन


 


मोरङ, असोज २६ । नेपाली कांग्रेसको कोशी प्रदेश कार्य सम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा पेस गरेको दाबी फिर्ता गर्न केदार कार्कीलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले सांसद कार्कीलाई उक्त निर्देशन दिएको बैठकमा सहभागी नेता राजेश गुप्ताले जानकारी दिए ।

बिहीबार सत्ता गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

आङ्बोको दाबीलाई चुनौती दिँदै शेखर कोइराला पक्षका केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरे। कार्कीलाई नेकपा एमालेका ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले साथ दिएका छन्।

संविधानको धारा १६८ (५) बमोजिम पार्टीको ह्वीप नलाग्ने र बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्नसक्ने हुँदा आफूले बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेको कार्कीले बताएका छन्।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्