इजरायल–हमास लडाइँमा १२ पत्रकार मारिए

काठमाडौं । इजरायल–हमास लडाइँमा १२ जना पत्रकार मारिएका छन्।
लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
गाजाको इस्लामिस्ट समूह ‘हमास’ ले इजरायलमाथि आक्रमण गरेयता २ पत्रकार सम्पर्कविहीन रहेको र ८ जना घाइते भएको सिपिजेले जानकारी दिएको छ।
मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्रकार छन्। सिपिजेले इजरायल–हमास लडाइँमा पत्रकारहरूको अवस्थाबारे अध्ययन गरिरहेको छ।
सिपिजेका अनुसार मारिनेमध्येका सइद अल तविल प्यालेस्टाइनबाट सञ्चालिन न्युज पोर्टल अल खम्सा न्युजका प्रधान सम्पादक हुन्।
त्यस्तै अल–अक्सा रेडिओका हुसम मुबारक, अल–अस्त्र रेडिओका अहमद शेहब लगायतका पत्रकारहरू मारिएको सिपिजेले जानकारी दिएको छ।
गत शनिबार हमासले इजरायलमाथि अकास्मात आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गरी जवाफी आक्रमणमा उत्रिएको थियो। लडाइँमा हालसम्म ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार