भारतमा मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य महाराष्ट्रमा एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएकाे दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो ।
घटनास्थलबाट शवहरू निकालिएको छ भने दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार