अमेरिकी डलर स्थिर, घट्यो युरो


 


काठमाडौं, असोज २९ । आज (सोमबार) अमेरिकी डरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।

युरोपियन युरोको एकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको थियो।

यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६१ रुपैयाँ ४४ पैसा र बिक्रीमा १६२ रुपैयाँ १७ पैसा पाइन्छ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्