Deshko News
१५ मंसिर २०८०, शुक्रबार

युनिलिभर नेपालले हालसम्मकै धेरै लाभांश वितरण गर्दै


 


काठमाडौं, असोज २९ । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

कम्पनीको यो लाभांश हालसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा बढी भएको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो।

कम्पनीले सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्