दसैंअघि नै विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी
विराटनगर, २९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार