कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने


 


विराटनगर, असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन् ।

कार्कीले विश्वासको मत लिनेबारे सोमबार प्रदेश सभालाई सूचना दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ।

यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।

मुख्यमन्त्री कार्कीले हिजो (आइतबार) शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।

कार्की कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्