Deshko News
१५ मंसिर २०८०, शुक्रबार

गरिमा विकास बैंकको कार्डमा २० प्रतिशत छुट


 


काठमाडौं, असाेज २९ । दसैंलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धनका लागिसार्वजनिक गरिएको योजना कात्तिक ७ गतेसम्म रहेको बैंकले जनाएको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकको दसैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्