पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ जनालाई कारबाही

काठमाडौं, असोज २९ । पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ गर्नेहरुलाई कारबाही गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो ।
विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार