मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

विराटनगर, असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएक छ ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई माओबादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको हो ।
माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा भएको छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको भएपनि केन्द्रबाट कुनै निर्देशन नआएको उनले बताए ।
गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिँदैछन् ।
गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार