सुदूरपश्चिमको राजधानीबारे निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह

धनगढी, असोज २९ । सुदूरपश्चिम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेशको राजधानीबारे निर्णय गर्न आग्रह गरिएको छ।
सोमबार गौरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा संघीय सांसद वीरबहादुर बलायरले प्रधानमन्त्रीसंग यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौं फर्केर राजधानीका बारेमा निर्णय गर्न आग्रह गरे ।
उनले अघिल्लो प्रदेश सभाले घोषणा गरेको राजधानी अहिले सम्म पनि बन्ने नबन्ने अत्तोपत्तो नभएको बताए ।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बलायरले सामुदायिक वनले वन रहित ८० विगाको भोगाधिकारको लागि पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको जानकारी दिँदै उनले अहिलेसम्म सुदूरपश्चिम राजधानी विहिन भएको बताए ।
बलायरको आग्रहपछि बोलेका प्रधानमन्त्री प्रचण्डले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार