Deshko News
१५ मंसिर २०८०, शुक्रबार

दल त्यागेपछि प्रभु साहकी पत्नी नगरप्रमुख रिना साह पदमुक्त


 


काठमाडौं, असोज ३० । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ ।

निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै साहको नगर प्रमुखको पद रिक्त भएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।

अहिले उनी आफ्नै श्रीमान प्रभु साहले गठन गरेको आम जनता पार्टीमा आबद्ध भएकी छिन् । प्रभु साहले एमाले छाडेर आम जनता पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्