सरकारले दियो दुई जना गैरआवासीय नेपालीलाई नागरिकता


 


काठमाडौं, असोज ३० । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बिच उनीहरुलाई नागरिकता प्रदान गरिएको हो ।

संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ ।

बिना कुनै ढिलाइ अब अरू एनआरएनएले पनि एनआरएनए नागरिकता पाउने विश्वास आफूहरूले लिएको आचार्यले बताए । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि प्रयास जारी राख्ने पनि बताए ।

आचार्यले एनआरएनए नेपालको समृद्धिको सच्चा साझेदार हुन चाहेको पनि बताए ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्