प्यारीभिट्टा बसपार्क सञ्‍चालनमा


 


झापा, असोज ३० । नेपालको पूर्वीनाका काँकडभिट्टाको बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ ।

काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो ।

दशैंको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रूपमा सुरुवात भएको घोषणा गरे । काँकरभिट्टाबाट लामो र छोटो दूरीका दैनिक ५०० बस सञ्चालन हुँदै आएका छन् ।

दशकौँ पछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी पूर्वीद्वारा काँकडभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्