मोदीको भ्रमणबारे सरकार तत्काल बोल्नुपर्छ : कमल थापा
काठमाडौं, असोज ३० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा गरेको भ्रमणबारे तत्काल जानकारी दिनुपर्ने बताएका छन् ।
सुनसरीको इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर भएको बताए ।
उनले मोदीको भ्रमणबारे एक शब्द नबोल्नु आत्मसमर्पणवादी मानसिकताको उपज भएको बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारले तुरुन्तै कुटनीतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोध्न दबाब दिएका छन् ।
यस्तै, उनले राष्ट्रपतिको भूमिका पार्टीको छायाँको रुपमा देखिएको र अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आवश्यक रहेको जिकिर गरे ।
प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार