केदार कार्कीभन्दा अगाडि मुख्यमन्त्रीको प्रस्ताव आएको थियो : राजेन्द्र राई

काठमाडौं, कार्तिक १ । एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीको अफर केदार कार्की भन्दा अगाडि आफूलाई आएको बताएका छन् ।
विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिँदै राईले कार्कीलाई भन्दा अगाडि आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताएका हुन् ।
उनले आफूले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको बताए ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले बताए ।
अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर बन्नु कुनै बहादुरीको काम नभएको भन्दै उनले भने, ‘यस्ता प्रस्ताव हामीले गठबन्धनको मर्म भावनालाई आत्मसाथ गरेर स्वीकार गरेनौं ।’
प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार