Deshko News
१५ मंसिर २०८०, शुक्रबार

एनआइसी एशिया लघुवित्तले लाभांश वितरण गर्ने


 


काठमाडौं, कार्तिक २ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ हजार ९४ लाख ४० हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्