होटलमा छापा मार्दा चितुवाको छाला र चरेशसहित भेटिए प्रहरी हवल्दार


 


काठमाडौं, कार्तिक २ । कैलालीको धनगढीस्थित एक होटलमा छापा मार्दा प्रहरीले चितुवाको छाला र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।

आरोपितहरुको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले जानकारी दिए ।

आरोपितहरुले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्नका लागी ‘डिल’ गरेका थिए ।

किनबेच भइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर जनकराज ढुंगना नेतृत्वको टिमले होटलमा छापा मारेको डिएसपी चन्दले जानकारी दिए ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्