गाउँपालिकाका अध्यक्ष मोक्तानले गाडी सिक्न खोज्दा…

रामेछाप, कार्तिक २ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान गाडी चलाउन सिक्ने क्रममा दुर्घटनामा परेका छन् ।
अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो ।
कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडी आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म पुर्याएर फर्काएपछि फेरि कार्यालय परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा गाडी पालिकाको भवनमुनि रहेकाृ चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो ।
दुर्घटनाबाट गाडीमा केही क्षति पुगेको छ भने अध्यक्ष मोक्तान सकुशल छन् । गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखेको छ ।
प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार