राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिँदै

सिरहा, कार्तिक ३ । सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।
मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा मन्दिरलाई धार्मिक पर्यकीय सूचीमा समावेश गर्न लागिएको हो ।
सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उक्त कार्यक्रम मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा
जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरूले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए ।
कार्यक्रममा विकास समितिका सांसदहरू रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो ।
प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार