डोटीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते, एक गम्भीर


 


डोटी, कार्तिक ३ । डोटीमा यात्रुबाहक जिप दुर्घटना भएको छ ।

जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्