Deshko News
१५ मंसिर २०८०, शुक्रबार

प्यालेस्टाइनको पक्षमा इजरायली दूतावास अगाडि प्रदर्शन


 


काठमाडौं, कार्तिक ३ । इजरायलले प्यालेस्टाइनमा हमास लडाकुमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौंमा नागरिक आन्दोलनले प्रदर्शन गरेको छ ।

नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालय अगाडि प्रदर्शन गरेको हो । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसमेत सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देउलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्