Deshko News
१२ मंसिर २०८०, मंगलबार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


 


बाजुरा, कार्तिक ४ । बाजुरामा ट३याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै आज (शनिबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकसमेत रहेका सोही ठाउँका ३५ वर्षीय बहादुर दानीको मृत्यु भएको हो ।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत दानीले चलाएको सु प्र प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्