Deshko News
१४ मंसिर २०८०, बिहिबार

समाधिमा बसेका नागा बाबाको शरीरमाथि उमारियो जमरा


 


रौतहट, कार्तिक ४ । रौतहटको कटहरियामा नागा बाबाको शरीरमाथि जमरा उमारिएको छ ।

घटस्थापनाको अवसर पारेर खनिएको खाडलमा निराहार ब्रत बसेका नागा बाबाको शरीरमाथि जमरा उमारिएको हो ।
गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा ब्रत बसेका हुन्।

बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका छन्। उनको जिउमाथि काठको फ्याक राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूपमा उम्रिसकेको छ।

जमरा उमार्दै दशमीको दिन प्रसादको रूपमा बितरण गरेपछि मात्र बाबा खाडल बाहिर निस्कने छन् । नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औं पटक भएको बताइएको छ ।
बाबाको अवस्थाबारे ईलाका प्रहरी कार्यालय कटहरियाले निगरानी गरिरहेको दुर्गा पूजा समिति कटहरियाले जनाएको छ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्