रक्सीले मातिएका स्वतन्त्र पार्टीका नेताले कुटे प्रहरी

काठमाडौं, कार्तिक ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् ।
रास्वपाको र्याट विभाग उपप्रमुख आशिष थापा (बैकुण्ठ) ले मादक पदार्थ सेवन गरी ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका हुन् ।
थापाले मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई हातपात गरेको प्रहरीले जनाएको छ । प्रहरीमाथि कुटपिट गर्ने थापालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
थापा यसअघि मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकीटकी राखेपछि विवादमा आएका व्यक्ति हुन् ।
प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार