महासचिव गुटरेस नेपाल आउनु कुटनीतिक सफलता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुनु नेपालको कुटनीतिक सफलता भएको बताएका छन् ।
नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्री भएको दिनदेखि राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताए ।
शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयासस्वरुप महासचिव गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए । उनले महासचिव गुटेरस फर्केपछि कतारका राजा पनि भ्रमणमा आउन लागेको जानकारी गराए ।
प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार