दलहरुप्रतिको आलोचना सकारात्मक मान्छु : देउवा

काठमाडौँ, कार्तिक ११ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा दलहरुप्रति भइरहेको आलोजनालाई आफूले सकारात्म रुपमा लिएको बताएका छन् ।
बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको उनले बताए ।
राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने भन्दै उनले राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे ।
प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार