गाजामा युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित, यी १४ देश विपक्षमा


 


एजेन्सी । संयुक्त राष्ट्र संघको महासभाले युद्धग्रस्त क्षेत्र गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।

महासभाले तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरेको छ । नागरिकको संरक्षण, कर्मचारी र सुविधाहरूको सुरक्षा, र गैरकानुनी रूपमा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल बिना शर्त रिहाई गर्नेकुरा समावेश छ ।

गाजापट्टीमा लडाइँ तीब्र बन्दै गएपछि महासभाले यस्तो प्रस्ताव ल्याएको हो । प्रस्तावको पक्षमा १२० मत, विपक्षमा १४ मत र ४५ देश अनुपस्थित भएका थिए ।

मस्यौदा प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अस्ट्रिया, क्रोएसिया, चेक गणतन्त्र, फिजी, ग्वाटेमाला, हंगेरी, इजरायल, मार्शल टापु, माइक्रोनेसिया, नाउरु, पपुवान्युगिनी, पाराग्वे, टोंगा र संयुक्त राज्य अमेरिका छन् ।

गाजामा प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूका अनुसार युद्ध सुरु भएदेखि ७ हजार ३२६ प्यालेस्टाइनी मारिएका छन । १४ सय भन्दा बढी इजरायलीहरू मारिएका छन् ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्