दशैं तिहारले लम्बियो माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान
काठमाडौं, कार्तिक १२ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद एक महिला थप गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो ।
बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए ।
साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो ।
प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार